Logo

एमालेले कार्तिक १४ मा चियापान कार्यक्रम आयोजना गर्ने



काठमाडौं,२ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कार्तिक १४ गते चियापान कार्यक्रम आयोजना गर्ने भएको छ ।

वडादशैं, तिहार, छठ, तथा ल्होसार पर्वको अवसरमा एमालेले चियापान कार्यक्रम आयोजना गर्न लागेको हो । एमालेले हरेक वर्ष वडा दशैंको अवसरमा चियापान कार्यक्रम आयोजना गर्ने गरेको छ ।

एमालेले प्रधानमन्त्री,मन्त्रीहरू,राजनीतिक दलका शीर्ष नेता,नेपालस्थित कुटनीतिक नियोग, दातृ निकाय प्रमुख, उच्च पदस्थ सरकारी कर्मचारी,सुरक्षा निकायका प्रमुखहरूलाई बोलाउने तयारी गरेको छ।

एमालेले कोजाग्रत पूर्णिमा भोलिपल्ट चियापान आयोजना गर्ने गर्थ्यो। कोभिड–१९ का कारण केही वर्ष रोकिएको थियो।



प्रतिक्रिया दिनुहोस्