Logo

निर्वाचन आयोगले साख जोगाउन नसक्दा लोकतन्त्र कमजोर भयो : प्रभु साह



काठमाडौं, २ कार्तिक । आम जनता पार्टीका अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले निर्वाचन आयोगको भूमिकालाई लिएर कडा आलोचना गरेका छन् । उनले आयोगले आफ्नो साख जोगाउन नसक्दा देशमा लोकतन्त्र कमजोर बनेको दाबी गरे ।

आज (बुधबार) रौतहटको कटाहरिया नगरपालिकाको जमुनियामा पार्टीले आयोजना गरेको दशैंको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

आयोगका पदाधिकारीहरु दलको निर्देशनमा चलेको साहले गम्भीर आरोप लगाए । उनले भने,‘आज निर्वाचन आयोग दलको लंगौटी भएको छ । निष्पक्ष ढंगले काम गर्नुको सट्टा आयुक्तहरू मालिकको आदेशमा काम गरेकोले लोकतन्त्र कमजोर भइरहेको छ ।” Photo Source: Prabhu Sah/Facebook



प्रतिक्रिया दिनुहोस्