काठमाडौं,२ कार्तिक । सरकारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको सभामा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन, २०६३ कमो दफा सात को उपदफा दुईको ‘ध’ बमोजिम अमुदा श्रेष्ठ र पदमबहादुर गिरीलाई सदस्य मनोनयन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को अघिल्लो बैठकले उक्त निर्णय गरेको सूचना सञ्चार तथा प्रविधिमन्त्र रेखा शर्माले जानकारी दिईन् ।
यस्तै बैठकले दुग्ध विकास संस्थानको सञ्चालक समितिको सदस्यमा डा. वेदबहादुर क्षेत्रीलाई नियुक्त गरेको पनि सरकारकी प्रवक्तासमेत रहेकी मन्त्री शर्माले जानकारी दिइन् ।
आजै बसेको मन्त्रिपरिषदेको बैठकले कार्तिक ८ देखि हुने परराष्ट्रमन्त्री एनपी साउदको अमेरिका भमण पनि स्वीकृत गर्ने निर्णय भएको मन्त्री शर्माले जानकारी दिईन् ।
यी हुन् दुईवटा मन्त्रिपरिषद् बैठकका ३२ निर्णयहरु