काठमाडौं, ३ कार्तिक । प्रधानमन्त्री पुष्पकमल दाहालको परराष्ट्र सल्लाहकारमा रूपक सापकोटा नियुक्त भएका छन् । हिजो (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले सापकोटालाई परराष्ट्र सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो ।
चीनबाट अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधी गरेका सापकोटा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाका छोरा हुन् । सापकोटालाई यसअघि पनि परराष्ट्र मामिला सल्लाहकारमा नियुक्त गरेको समाचार बाहिरिएका थिए ।