Logo

जीवजन्तुबाट कृषकले पाइरहेका समस्या समाधानका लागि आवश्यक पहल गर्छौं : वनमन्त्री महतो (भिडिओसहित)



काठमाडौं, ३ कार्तिक । वन तथा वातावरणमन्त्री डा.वीरेन्द्रप्रसाद महतोले वन्यजन्तु र मानवबीचको द्वन्द्व अहिलेको प्रमुख चुनौती रहेको बताएका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोषको ४१औं वार्षिकोत्सव तथा संरक्षक संरक्षण समारोहलाई आज (शुक्रबार) सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री महतोले कोषले सरकारसँग समन्वय गरेर यस्ता समस्याको व्यवस्थापनमा जोड दिनुपर्ने धारणा राखेका हुन् ।

बाँदर, हात्ती, बँदेललगायतका जीवजन्तुबाट कृषकहरु समस्यामा परेको पनि उनले सुनाए । उनले किसानले जंगली जनावरबाट भोगेको समस्यालाई ध्यानमा राखेर त्यसको व्यवस्थापनमा जोड दिनुपर्ने आवश्यकता औंल्याए । उनले भने, ‘हामीसँग भएका संस्थालाई सुरक्षित र सक्रिय गरेर मन्त्रालयसँग सहकार्य गरेर अघि बढ्नसके पर्यटक स्थलको विकास गर्न सकिन्छ । पर्यटकहरु बढाउन सकिन्छ । संसारमा नभएका जीवजन्तुहरु जुन हाम्रा सम्पत्ति हुन् । ती हेर्न पर्यटकहरु आउनेछन् । यसले आर्थिक समृद्धिमा ठूलो टेवा पुग्नेछ ।’ Photo Source: NTNT, Nepal/Facebook



प्रतिक्रिया दिनुहोस्

Screenshot