काठमाडौं, ४ कार्तिक । आज नवरात्रीको सातौं दिन अर्थात फूलपाती । घरघरमा शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीक फूलपाती भित्र्याइएको छ । काठमाडौंको दसैं घरमा पनि विधिपूर्वक फूलपाती भित्र्याइएको छ ।
गोरखाबाट पठाइएको फुलपाती लिन गुरुजुको पल्टन सहितको लावालस्करले जमलमा पुगि डोलामा राखि फूलपाती हनुमान ढोका ल्याएका थिए । फूलपातीमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको पूल, मान वृक्ष र अन्य मौसम अनुसारका फूलहरु समावेश गरिएको हुन्छ ।
दसैं घरमा फूलपाती भित्र्याइएपछि नेपाली सेनाले टुँडिखेलमा हर्ष बढाईं गर्ने चलन छ । सेनाको हर्ष बढाईं अवलोकन गर्न राष्ट्र प्रमुख, सरकार प्रमुख र विशिष्ट व्यक्तिहरु सरिक हुने चलन छ । नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा हर्ष बढाईंमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाललगायतका विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको छ ।
तस्विर : प्रदिपराज वन्त/प्रम दाहालको सचिवालय