काठमाडौं, ४ कार्तिक । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा पराजित आरके शर्माले संघलाई डा. बद्री केसी पक्षले विभाजनतर्फ लगेको आरोप लगाएका छन् । हालै सम्पन्न संघको ११औं विश्व सम्मेलनको नतिजालाई लिएर संघमा विवाद बढेको छ ।
अध्यक्षमा केसी, शर्मा र महेश श्रेष्ठबीच प्रतिष्पर्धा भएको थियो । प्रकाशित नतिजाअनुसार अध्यक्षमा केसी निर्वाचित भएका छन् । तर, अध्यक्षका अरु दुई उम्मेदवार शर्मा र श्रेष्ठले भने नजिता अस्विकार गरेका छन् ।
आज (शनिबार) विवादका बीच नवनिर्वाचित कार्यसमितिको शपथ ग्रहण गरेको छ । केसी पक्षले सहमतिलाई बेवास्ता गरेर शपथग्रहण गरेको शर्माको टिप्पणी छ । अहिले शर्मा र श्रेष्ठ पक्षले पनि समानान्तर समिति घोषणा गर्ने भएको हो । file photo