काठमाडौं, ६ कार्तिक । नेकपा (एकीकृत समाजवादी) का सचिव तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीले राष्ट्रपति रामचन्द्र पौडेलसँग दसैंको टिका ग्रहण गर्ने भएकी छिन् । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले राष्ट्रपतिको टिका ग्रहण बहिष्कार गर्न अपिल गरेपछि नेतृ झाँक्रीले त्यसको प्रतिकार गरेकी हुन् ।
उनले आफूले प्रधानमन्त्री, मन्त्रीहरुसँग टिका ग्रहण नगरेको विगत स्मरण गराउँदै यसपटक भने राष्ट्रपतिको हातबाट टिका ग्रहण गर्ने बताएकी हुन् । आफूहरु लोकतन्त्रको लागि लड्दै गर्दा प्रजातान्त्रिक मुलुकमा ऐसको जीवन बाँचेका भगौडाहरुले आएर ठूलो गर्न थालेको उनको टिप्पणी छ । उनले भनेको भगौडा मिश्र नै हुन भन्नेमा दुई मत छैन् ।