काठमाडौं, ७ कार्तिक । आम जनता पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य प्रभु साहले जिल्लाको हिमालीबासमा एक कार्यक्रमका बीच सामूहिक दसैं टिका ग्रहण गरेका छन् । उनले सो अवसरमा ज्येष्ठ नागरिकहरुको हातबाट टिका तथा आशिर्वाद ग्रहण गरेका हुन् ।
उनले विगत वर्षहरुमा पनि दसैं सामूहिक रुपमा मनाउँदै आएका थिए । त्यसैलाई यसवर्ष पनि निरन्तरता दिएका हुन् । उनले सामूहिक दसैं मनाएका र टिका ग्रहण गरेका तस्विरहरु पनि साझा गरेका छन् ।
उनले फेशबुकमा लेखेका छन्-
महान पर्व विजयादशमीको शुभ अवसरमा विगतका वर्षहरुझै यस वर्ष पनि आज रौतहटको हिमालीबासमा आयोजित एक भव्य समारोहको बिच हर्षोल्लास पूर्वक आदरणीय अग्रज व्यक्तित्व एवं जेष्ठ नागरिकज्यूहरुबाट टिका ग्रहण गरियो । साथै यस समारोहमा सहभागी सम्पूर्णमा टिका सहित उत्तरोत्तर प्रगतिको हार्दिक कामना गरियो ।