Logo

एमाले नेता रिजालको दाबी : सत्ताको संकट गहिरिँदै गएको छ (भिडिओसहित)



काठमाडौं, ८ कार्तिक । नेकपा (एमाले) का नेता विष्णु रिजालले दसैंलगत्तै पनि नेपाली राजनीतिमा उल्लेखनीय कुनै फेरबदल हुने सम्भावना नदेखिएको बताएका छन् । नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलाले दसैंपछि नेपाली राजनीति कसरी अघि बढ्छ ? भन्ने प्रश्नको जवाफमा उनले यस्तो बताएका हुन् ।

उनले सत्ताको संकट भने गहिरिँदै गएको दाबी गरे । उनले भने,”सत्ताधारीहरु अकर्मण्य हुँदै गएका छन् । सत्ताको लागि जुन एउटा गठबन्धन बनेको छ, त्यो स्वार्थको गठबन्धनमा संकटहरु त देखा परेका छन् । तर, यसको अर्थ हामीले कुनै ढंगले अघि बढ्ने, यसलाई अवाञ्चित ढंगले परास्त गर्नको लागि अवाञ्चित गठबन्धनहरु गर्ने, त्यस्तो हाम्रो कुनै कार्यक्रम छैन् ।”

रिजालले अहिले आफूहरु सरकार ढाल्ने काममा नलाग्ने जिकिर गरे । तर, यसअघि एमालेसहितको गठबन्धन बन्दा प्राकृतिक थियो भन्ने उनको दाबी छ । उनले आफूहरु अहिले पार्टी सुदृढीकरणमा लागिरहेकोले सत्ता फेरबदलमा ध्यान नदिएको स्पष्ट पारे । तर, सरकारका गलत कामलाई सच्याउने अभियानमा आफूहरु लागिपरेको उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot