Logo

चित्रबहादुर केसीको टिप्पणी : अहिले सत्तामा जान नपाएकाहरुको घाँटी सुकेको छ, आँत्तिएका छन् (भिडिओसहित)



काठमाडौं, ८ कार्तिक । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालमा गठबन्धन बन्नु र भत्किनु नौलो कुरा नभएको बताएका छन् । तर, वर्तमान सरकारले जनताको काम चित्त बुझ्नेगरि काम गर्न नसकेको भने दाबी गरेका छन् ।

अहिले सत्तामा जान नपाएकाहरुको घाँटी सुकेको र आँत्तिएको उनको आरोप छ । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

कोशी प्रदेशको विकसित घट्नाले नेपालमा संघीयता काम छैन भन्ने कुरा पुष्टि भएको केसीको टिप्पणी छ । उनले कोशीमा पनि कांग्रेसको तीन वटा गुट देखिएको दाबी छ । उनले प्रदेश खारेज गरेर जानुपर्नेमा जोड दिए ।

आफूहरुले संविधान बनाउँदाको बखतदेखि नै संघीयता खारेजीको माग उठाएको र अहिले कोशी प्रकरणले जनताको कान कानमा पनि यो कुरा गुञ्जिन थालेको केसीको भनाई छ । संघीयताको पक्षमा वकालत गर्नेहरुले जनताको समर्थन खोज्नुपर्ने उनको तर्क छ । तर, नेपालमा ठूला नेताहरुले जनतालाई झुक्याएर संघीयताको भारी बोकाएको उनको आरोप छ । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot