Logo

पत्रकार पराजुलीको अङ्ग्रेजी कथा सङ्ग्रह ‘ड्रिमी आइज’ बजारमा



चितवन ८ कात्तिक । पत्रकार वसन्त पराजुलीको अङ्ग्रेजी कथाहरूको सङ्ग्रह ‘ड्रिमी आइज’ बजारमा आएको छ । पराजुलीको यो तेस्रो पुस्तक हो । यसअघि उहाँका ‘कुमाता’ र ‘मोम्चो’ कथा सङ्ग्रह प्रकाशित भैसकेका छन् ।

सामाजिक विषयवस्तुमा कथा लेख्दै आउनुभएका पराजुलीले समाजमा विद्यमान अवस्थालाई आफ्ना कथामा उतार्नुभएको छ । कुमाता र मोम्चो कथा सङ्ग्रहका केही कथाको अङ्ग्रजी अनुवाद ड्रिमी आइजमा राखिएको कथाकार पराजुलीले जानकारी दिनुभयो । कथालाई भरत भट्टराई र मिली जोशीले अनुवाद गर्नुभएको हो ।

पराजुलीका तीन वटै पुस्तकलाई भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो । यस सङ्ग्रहमा १७ वटा कथा समावेश गरिएको छ । कथाकार पराजुली लामो समय देखि चितवनमा रहेर पत्रकारिता गर्दै आउनुभएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot