Logo

महेश बस्नेतसँग दुर्गा प्रसाईंले माफी नमागेसम्म युवा संघ चुप लाग्दैन



निरमाया खड्का दाहाल :

राजनीतिक इतिहासमा द्वन्दकालदेखि शान्ती प्रक्रिया र अहिलेको बेथिति राजनीतिक अवस्थामा कुनै पनि नेताको नाम सम्झिनु पर्दा मेरो मनमस्तिकले सम्झिने भनेको नेता नेकपा एमालेका नेता महेश बस्नेत हो । किनकी उहाँ शान्तिको बिगुल फुक्ने जनताका लडिरहे नेता हो । राजनीति, सामाजिक तथा विभिन्न नेतृत्वदायी क्षेत्रमा जरैदेखि निखारिनुभएका नेता महेश बस्नेत हामी उहाँको तुलानामा हामीले उहाँको औकातमा पुग्न अर्को जन्म लिनुपर्छ । कलिलो उमेरदेखि राजनीति क्षेत्रमा होमिएका महेश बस्नेत राजनितीलाई समाजसेवी मान्दै आफ्नो गाउँ ठाउँ, आफ्नो जिल्ला र यो राष्ट्र बनाउन अरोरात्र खटेका महेश बस्नेत तत्कालिन गाविस अध्यक्ष, सांसददेखि उद्योग मन्त्री हुनु भएको थियो । उहाँको संघमय राजनीति निकै डर लाग्दो र कहालीलाग्दो थियो ।

तर पनि कहिले थकित र राजनीतिलाई विश्राम दिउँ भन्ने उहाँलाई कहिले लागेन । उहाँको सहनशीलता लगनशीलता र इमानदारीताले उहाँलाई सधै सफल गराउँदै समयले साथ दिदै गयो । सशस्त्र युद्धकालिन समयमा माओवादीले जनतालाई दिएको दुखलाई उहाँ आफू युवाको लिडर भएर युवाहरुलाई समेट्दै रामेछापदेखि सिन्धुपाल्चोक, नुवाकोट, भक्तपुरलगायतका विभिन्न जिल्लामा माओवादीको हुकुमी शासनदेखि जनतालाई त्रसित नहुन र जनताको साहार बन्न कार्यक्रम लिएर युवाको टोलि कार्यक्रम लिएर जानू हुन्थ्यो । आफ्नो जिन्दगी नै खुकुरीको धारमा धाउ बनाउदै हिड्नु परेको समयमा वाईसिएलको बल फोर्ससङ्ग जुद्दै लड्दै अन्तमा जनताले शान्तिको सास फेरेका थिए ।

त्यसैसैले आज भोलि टुप्पाबाट पलाएका नेताहरुले राजनीतिमा महेश बस्नेतसङ्ग सिक्न जरुरत छ । भक्तपुर जिल्ला महेश बस्नेतको जिल्ला भनेर चिनिने मेरो कर्म जिल्ला हो । म महेश बस्नेतलाई विकास प्रेमी नेता अनि जनताको नेता भन्न रुचाउछु । भक्तपुर जिल्ला काठ बस्ती भएता पनि विकास र परिवर्तनमा निकै पछि परेको जिल्ला हो । पैसाको पावरमा बनेका नेता कति आए अनि कति गए तर भक्तपुरको मुहार कहिले फेरिएन । म १० वर्षको हुँदादेखि आवत जावत गर्ने गुन्डु त्यो बेलाको बाटो त्यो जङ्गल देखेर एक्लै हिड्न खुब डराउथे । दिदिलाई बिवाह गरेर गुन्डुमै दिएका कारण दिदिलाई लिन पुराउन जान पर्ने हुन्थ्यो । बिवाह गरेर गुन्डुमा दिदिलाई दिँदा नेपाल कै अबिकशित ठाउँ निकै डर लाग्दो, न बाटो राम्रो, न यातायातको राम्रो ब्यवस्था । घन्टौसम्म कुर्नु पर्ने गाडिको सास्तिले हिडेरै छिटो पुगिन्छ भनेर हिडेको म त्यो कहाली लाग्दो जङ्गल बाटो रुदै कुदै हिडेको आज पनि झल झल याद आउँछ । यी कथा ब्यथा बताउनुको कारण एउटै छ कि पिछ्डिएको गुन्डु सबैले हेला गरेको गुन्डुलाई नेता महेश बस्नेत हराबरा सुन्दर नगरी बनाउनु भयो ।

पैदल यात्रा गर्न कठिनाइ सडक जहाँ १२ फिट बाटो थियो । आज ८ मिटरको कालो पत्रे सडक सबैको घर जान गाडी फिरिरी गुडाउन सजिलो भएको छ । गुन्डुको मात्रै नभई साँगादेखि पलासे सिपाडोल सूर्यविनायक सडक खण्डमा उहाँकै पहलले बनेका हुन् । सडक मात्रै नभैइ खाने पानी, विद्यालय, पुललगायत उहाँकै हातबाट सयौं शिलान्यास भएका र उदघाट्न भएका छन् । आज भक्तपुर जिल्लालाई थाहा पाउने जतिले सुन्दर भक्तपुर भन्ने गर्दछ त्यसको उपज हो महेश बस्नेत भन्ने गर्दछ । म केही वर्ष प्रबासमा बस्दा घर कहाँ भनी कोहि नेपालीले सोधिरहदा भक्तपुर भन्थे । जुन समयमा भक्तपुर भन्ने बितिकै सबैको मुखमा सुरुमा महेश बस्नेतको नाम आउँथ्यो । भक्तपुर जिल्ला त एमालेको गढ महेश बस्नेतको जिल्ला प्रायले भन्थे । उहाँको चर्चा देशदेखि विदेशसम्म भएको पाइन्छ । किनकी नेता महेश बस्नेत राष्ट्रिय युवा संघ नेपालको इन्चार्ज र युवाहरुको अभिभावक हो भनेर पनि चिनिछ ।

महेश बस्नेतको काम देश प्रतिको योगदान, जनताप्रतिको योगदान, राज्यको बेथिती साशनलाई पराकाष्ठा गर्न खोज्ने, दिन दुखी असाहायको साहारा, घरबिहिन, अवाज बिहिनहरुको आवाज, भ्रष्ट, कुशासन र देशलाई नै बेच्न बेच्न खोज्ने माफिया, देशद्रोही भ्रष्टाचारिहरुलाई खबरदारी गर्ने आट साहास हिम्मत बोकेका नेता हो महेश बस्नेत । साधारण परिवारमा जन्मिनु भएका नेता बस्नेतको जीवन निकै साधरण र सरल छ । तडभडक उतौलो मन नपराउने महेश बस्नेत राजनीति क्षेत्रमा निकै बलियो हुनुहुन्छ । त्यसैले म महेश बस्नेतको फ्यान मात्रै नभैइ सुभचिन्तक कार्यकर्ता हुन भन्न कति पनि हिच्किचाउन्न । हामी युवाले उहाँका हरेक काम योगदानलाई समर्थन गर्दै जिन्दगीभर उहाँको राजनीति यात्रालाई समर्थन र साथ दिने छौं ।

०७९ को चुनावमा आफ्नै पार्टी पंक्तिले हराउन खेल खेलेर हारिएका महेश बस्नेतले आफू हारेको महशुस कहिले गर्नु भएन बरु जस्ले हराउन अरोरात्र खटे आज तिनै पछुताएका छ्न् र ८४ कुरिरहेका छ्न् । नेता बस्नेतको अभाव खटिएको बताइरहेका छ्न् । चुनाव त एउटा हार जितको मैदानको प्रक्रिया थियो । काम गर्नेलाई न पद चाहिन्छ न कुनै सुबिधा । चुनाव जितेका कुन मुसाको दुलोमा छ्न् थाहा छैन । हारेका तर हार नखानु भएका नेता महेश बस्नेतलाई जनताको सामु पुग्न, देश विदेश जान युवाहरुको ढाडस बन्न, गरिब दिन दुखिका घरदैलोमा पुग्न सुखको कार्य होस् या दुखको कार्य मा पुग्न नेता बस्नेतलाई भ्याइ नभाइ छ । उहाँ कै निवासमा भेटघाटका लागि दैनिकी दर्जनौं जना पुगेकै हुन्छ्न् । जसले हराए उनीहरु नै नेता बस्नेतको निवासमा पुग्छन्, काम लिएर भन्छन् ठूलो गल्ती भयो । त्यती हुँदा हुँदै पनि कुनै गुनासो र मन नदुखाइ जो कोहि उहाँको आवास पुग्छ्न् सबैको काम गर्दिनु हुन्छ ।

नेता बस्नेत कहिले कसैको पकेटको नेता हुनु भएन साझा नेतामा गनिने नेता जुनसुकै दलका व्यक्ति उहाँको सामु काम लिएर गएमा सबैको गरिदिने नेता महेश बस्नेतलाई आज भोलि २, ४ जना दुर्गा प्रसाइको तालमा लागेर पिच्छा गरेको पाइन्छ । विकासप्रेमी नेता, जनताको नेता युवाहरुको ढुकढुकी, जसले राम्रो गरे जो भोट्बन्दिका लागि कहिले लाग्दैन, उसका २, ४ जना सत्रु हुनु स्वभाबिक नै हो । तर बिना अर्थको सत्रु बनिनेलाई नेता महेश बस्नेतले वास्ता गर्नुहुन्न होला तर राष्ट्रिय युवा संघ नेपाल, अनि उहाँका सुभचिन्तकहरुले सहँदैनन्, याद रहोस् ।

प्रसाईं जस्ता कथित अराजक तत्व माफिया, भ्रष्ट अपराधी, खुल्लेआम मान्छेको मासु खान्छु, देश निकाला गर्छु भन्दै दुनियाँ आफ्नै कार्यक्रम राख्दै ठूला नेताहरुको नाम लिदै सराप्दै, वरबराउँदै श्रद्धेय केपी शर्मा ओलीलाई र महेश बस्नेतलाई काँचै खाउँ झै गरिरहँदा पनि पार्टी पंक्तिका ठूला नेताहरु मौन छन् । मौन यसकारण छ्न् कि उनिहरुला भोटको माया छ, चुनावमा हार हुन्छ कि भन्ने डर बोकेका छन् । तर नेता महेश बस्नेतलाई न भोट्को भोको हुनुहुन्छ न चुनावमा हारिने डर छ । उहाँमा केबल जनताको पिर छ, कि जनतालाइ कसैले नझुक्याउन सोझा जनतलाई नफसाउन । प्रसाइले जनतालाई यति भ्रममा पार्दै हिडेका छ्न् कि खाएको ॠण मिनाह हुन्छ, तिर्न पर्दैन भन्दै खोक्रो प्यारो बने जस्तो गर्दै छ्न् । तर जो प्रसाइको कुरालाई विश्वास गर्छनउसले दुख पाउछ । त्यही दुख जनताले पाउँछन् भनेर नेता बस्नेत उनीहरुकै आवाज बन्दै हुनुहुन्छ । तर सत्य पच्न गारो यो समाजमा पहिचानवादीका नाममा प्रसाइका भाडाका टटुहरुले सामाजिक सन्जालमा कमेन्ट गर्छन कि देख्लास ८४ हराउछौं ।

८४ मा हार्ने डर भएको भए, भोटबन्धी हुनु भएको भए, ब्यक्तिगत स्वार्थ भएको भए नेता महेश बस्नेत पनि नौनी जस्तै बनी जनतालाई झुक्याउनुहुन्थ्यो होला । उहाँलाई पनि चिप्ला, चिल्ला कुरा गर्न आउथ्यो होला तर कदापी नेता महेश बस्नेत त्यस्तो गर्न सक्नु हुन्न । उहाँ थिचिएका मिचिएका जनताहरुको लागि, धार्मिक आस्थामाथी प्रहार गरिएका गतिविधि, धर्म जात भाषामा देखिएको विभेद, भ्रष्टहरुलाई भुमाफिया दलाली, तस्करी, देश बेचुवा र गणतन्त्रको नाउमा मनपरि बोल्ने जो कोहिलाई नि छोड्ने नेता बस्नेतको आदत छैन । त्यसैले दुर्गा प्रसाईंले जस्तो गरि अराजक शैलीमा समाज भड्काइरहेका छ्न्, तिनि सहि ठाउँमा नआउजेलसम्म, नेता महेश बस्नेतलाई गरेका तथानाम गाली गलोजको माफी नमागेसम्म न नेता बस्नेत चुप रहन्छ्न्, न युवा संघ नेपाल चुप रहन्छ, न सुभचिन्तहरु नै । मैले चिनेको बुझेको नेता महेश बस्नेतमा सहनशीलता पनि हुनुहुन्छ, धैर्यता पनि छ, इमानदारीता पनि छ, दया पनि छ, जस्तालाई त्यस्तै गर्न सक्ने आँट हिम्मत पनि र सत्रुलाई लडाउन सक्ने क्षमता पनि छ । त्यसमाथी हामी साथमा छौं । जिन्दगीको अन्तिम सास रहेसम्म नेता महेश बस्नेतको राजनीति यात्रामा मेरो साथ अनि समर्थन छ ।

लेखक राष्ट्रिय युवा संघ नेपाल भक्तपुर सूर्यविनायक नगर कमिटीकी सह-सचिव हुन् ।



प्रतिक्रिया दिनुहोस्