Logo

एमालेको चियापान कार्यक्रम १५ गतेलाई सर्‍यो



काठमाडौं,१० कार्तिक । नेकपा एमालेले आयोजना गर्न लागेको चियापान कार्यक्रम कार्तिक १५ गतेलाई सरेको छ । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट दशैं, तिहार, छठ लगायत पर्वहरूको अवसरमा यही कात्तिक १४ गतेका लागि तय गरिएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम कात्तिक १५ गते गरिने भएको हो ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणको कार्यतालिकालाई मध्यनजर गर्दै १५ गते आयोजना गर्ने निर्णय भएको कार्यालय सचिव डा। भीष्म अधिकारीले जानकारी दिए ।

चियापान कार्यक्रम पार्टी केन्द्रीय कार्यालय, च्यासलमा दिउँसो १२ः१५ बजेबाट सुरु हुनेछ । एमालेले आयोजना गर्ने उक्त कार्यक्रममा विभिन्न दलका नेता तथा कार्यकर्ताका साथै विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरुलाई निमण्त्रणा गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्