Logo

नेपाललाई टाउको दुखाइ बनेका वसिमलाई गुल्सनले गरे आउट



काठमाडौं,१० कार्तिक । नेपालमा जारी त्रिकोणात्मक टी-२ सिरिज अन्तर्गत उपाधिका लागि यूएईविरुद्ध बलिङ गरिरहेको नेपाललाई पहिलो सफलता मिलेको छ ।

नेपालले दिएको १६३ रनको लक्ष्य पछ्याएको यूएईले पहिलो विकेट गुमाको छ । गुल्सन झाको बलमा मोहम्मद वसिम (कप्तान) आउट आउट भएका हुन् ।

गुल्सनको बलमा ४५ रन बनाएका कप्ता न वासिमलाई विकेटकिपर आसिफ शेखले क्याच गरे । उनी नेपालविरुद्ध निक्कै आक्रमक रुपमा प्रस्तुत भएका थिए । २२ बलमा ७ चौका र २ छक्का हिकाउँदै आक्रमक ब्याटिङ गरेका उनलाई अर्का ओपनर आर्यान्श शर्माले साथ दिएका थिए ।

ताजा अवस्थामा यूएईले ८ ओभरमा १ विकेट गुमाएर ७७ रन जोडेको छ ।

त्यसअघि, टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १६२ रनको योगफल खडा गरेको थियो । file photo



प्रतिक्रिया दिनुहोस्