Logo

यूएईका दुबै ओपनर आउट, खेलमा फर्किँदै नेपाल



काठमाडौं,१० कार्तिक । नेपालमा जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत उपाधिका लागि यूएईविरुद्ध बलिङ गरिरहेको नेपाललाई दोस्रो सफलता मिलेको छ ।

नेपालले दिएको १६३ रनको लक्ष्य पछ्याएको यूएईले दुबै ओपनरलाई गुमाएको छ । नेपालविरुद्ध निक्कै आक्रमक रुपमा प्रस्तुत भएका ओपनरद्धय मोहम्मद वसिम र आर्यन्श शर्मा दुबै आउट भएका छन् । कप्तान वसिम गुल्सन झाको बलमा आउट आउट भएका हुन् । भने शर्मा कुशल मल्लको बलमा सन्दीप जोराबाट पभेलियन फर्किएका छन् । वसिम ४५ र शर्मा २५ रन बनाउँदै आउट भएपछि नेपालले पुनः एकपटक खेलमा फर्किने प्रयास गरिरहेको छ ।

गुल्सनको बलमा ४५ रन बनाएका कप्ता न वासिमलाई विकेटकिपर आसिफ शेखले क्याच गरे । उनी नेपालविरुद्ध निक्कै आक्रमक रुपमा प्रस्तुत भएका थिए । २२ बलमा ७ चौका र २ छक्का हिकाउँदै आक्रमक ब्याटिङ गरेका उनलाई अर्का ओपनर आर्यान्श शर्माले साथ दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्