Logo

माओवादीलाई ठेगान लगाउँछु भन्नु दिवास्वप्न हाे : मुक्ति प्रधान



काठमाडौं, कात्तिक ११ । नेकपा (माओवादी केन्द्र) का नेता मुक्तिनारायण प्रधानले शान्तिप्रक्रियामा किचकिच गरेर दसथरी अपव्याख्या नगर्न चेतावनी दिएका छन् ।

शान्तिप्रक्रिया सत्तापक्ष वा प्रतिपक्षकाे मात्र नभएर राष्ट्रकाे विषय हाे । युद्धमा माओवादी मात्र थियाे ? माओवादीलाई दबाउने पक्ष थिएन र ! अब माओवादीलाई ठेगान लगाउँछु भन्नु दिवास्वप्न हाे,´ नेपाली रेडियाे नेटवर्ककाेनेपाली बहस´ का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भने ।

नेता प्रधानले अब युद्धमा फर्कने कसैकाे चाहना नभएकाले शान्तिप्रक्रियालाई उचित निकास दिन विलम्ब गर्न नहुने औंल्याए । भाेलिदेखि संयुक्त राष्ट्रसंघका महासचिवकाे नेपाल भ्रमणले पनि संक्रमणकालीन न्यायलाई तार्किक निष्कर्षमा पुर्‍याउने उनकाे विश्वास छ ।

साथै उनले युद्धकालीन घटनालाई बल्झाउन खाेजे काेही नउम्किने पनि बताए । प्रधानले थपे, `याे राजनीतिक हारजितकाे विषय हाेइन । हामीले अन्तराष्ट्रिय अभ्यास पनि हेर्नुपर्छ । १५-१६ वर्षसम्म कहीं पनि शान्तिप्रक्रियालाई गिजाेलिएकाे छैन । यसलाई तन्काएर ठूलाे बनाउनु अनुचित हाे ।´

प्रधानमन्त्री पुष्पकमल प्रचण्ड शान्तिप्रक्रियालई तार्किक निष्कर्षमा पुर्‍याउन निरन्तर क्रियाशील रहेकाे दाबी गर्दै उनले गठबन्धन टुट्ने वा सरकार ढल्ने सम्भावना नभएकाे स्पष्ट पारे । file photo



प्रतिक्रिया दिनुहोस्