Logo

वाम सरकार बन्नसक्ने झलनाथ खनालको खुलासा (भिडिओसहित)



काठमाडौं, ११ कार्तिक । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेकपा गठन गर्दा केपी शर्मा ओली र पुष्पकमल दाहालले गल्ती गरेको टिप्पणी गरेका छन् । उनले अहिले कम्युनिष्टहरुबीच पार्टी एकता सम्भव नभएको स्पष्ट पारे ।

उनले भने,‘अहिले पार्टी एकता आवश्यकत्ता भएपनि सम्भव हुँदैन् । किनकी धेरै पानी बगिसकेको छ । यसलाई फेरि एक ठाउँमा ल्याउन समय लाग्छ । पार्टी एकता हुँदैन् । तर, कार्यगत एकता भने २४ घण्टाभित्रै हुनसक्छ । वामपन्थीहरु एकताबद्ध हुनु आजको आवश्यकत्ता हो ।’

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । सरकार बनाएर विकल्प दिने हो भने वामपन्थीहरु एक ठाउँमा आउनुको आफूले विकल्प नदेखेको पनि उनको भनाई छ ।

नेता खनालले वाम एकतासहितको ध्रुविकृत सरकार बन्नसक्ने खुलासा गरे । तर, प्रधानमन्त्री भने युवा पुस्ताबाट बनाउनुपर्ने उनको जोड छ । उनले हङ पार्लियामेन्ट भएको बेलामा कसैले पनि सत्ताको घमण्ड नगरे हुने बताए । उनले आफू एमालेमा प्रवेश गरेर इलामको उपनिर्वाचन नलड्ने स्पष्ट पारे । तर, साझा वाम उम्मेद्वारको प्रस्ताव आयो भने उपननिर्वाचनको लागि सोच्न सकिने उनको भनाई छ । यद्धपी आफूले उपनिर्वाचन लड्नेबारे केही नसोचेको खनालको जिकिर छ ।



प्रतिक्रिया दिनुहोस्