Logo

कांग्रेसको चियापानलाई रवीन्द्र मिश्रले दिए ‘प्रचण्ड-चिया’को संज्ञा



काठमाडौं, ११ कार्तिक । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले कांग्रेसको चियापानलाई लिएर व्यंग्य कसेका छन् । उनले अहिले दिउँसो २ बजेबाट कांग्रेस मुख्यालयमा सुरु हुने चियापानलाई प्रचण्ड चियाको संज्ञा दिएका छन् । सामाजिक सञ्जाल फेशबुकमार्फत उनले ‘प्रचण्ड चिया खान जाँदै हुनुहुन्छ ?’ भन्ने शीर्षकमा यस्तो लेखेका हुन् ।

उनले बीपी चिया बढि स्वादिलो र स्वस्थ्यकर रहेको भएपनि त्यो बीपी चियाको ब्राण्डलाई गिरिजा प्रसाद कोइरालाले प्रचण्ड चियामा परिणत गरिदिएको आरोप लगाएका छन् । उनले प्रचण्ड चिया एकदमै अस्वादिलो र अस्वस्थकर रहेको टिप्पणी गरेका छन् । उनले लेखेका छन्-

‘प्रचण्ड-चिया’ खान जाँदै हुनुहुन्छ?

‘बीपी-चिया’ बढो स्वादिलो र स्वस्थकर थियो। बीपीले स्थापना गरेको ‘बीपी-चिया’ को ब्र्याण्डलाई उहाँका भाइ जीपले पहिलो जन-निर्वाचित राष्ट्रपति बन्ने लोभमा ‘प्रचण्ड-चिया’मा परिणत गरिदिनुभयो।

‘प्रचण्ड-चिया’ एकदमै अस्वादिलो र अस्वस्थकर छ। तर पनि त्यो चिया पिउन मानिसहरूले मरिहत्ते गरेको देख्छु। आफ्नो र परिवारकै स्वास्थ्य र भविष्यलाई ख्याल नगर्नेसँग कसको के लाग्छ र!



प्रतिक्रिया दिनुहोस्