Logo

प्रतिनिधि सभाको बैठक सुरू (LIVE)



काठमाडौं,१२ कार्तिक । संघीय संसदअन्तर्गतको प्रतिनिधि सभाको बैठक सुरु भएको छ । असोज २६ गतेबाट स्थगित भएको बैठक दसैं बिदाका कारण १६ दिनपछि सूचारु भएको हो । बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा सुरु भएको हो ।

आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएकोसम्बन्धी पत्रहरू तथा संयुक्त राष्ट्रसङ्घका महासचिवको सम्बोधनसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

आजकै बैठकमा अर्थमन्त्री प्रकाश शरण महतले बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० र भन्सार विधेयक, २०८० प्रस्तुत गर्नेछन् भने परराष्ट्र मन्त्री नारायण प्रकाश साउदले विमस्टेक वडापत्र अनुमोदनसम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ ।



प्रतिक्रिया दिनुहोस्