काठमाडौं,१२ कार्तिक । फागुन १ गतेलाई जनयुद्ध दिवस घोषणा गरेर सार्वजनिक बिदा दिने सरकारको निर्णयविरुद्ध प्रदर्शनमा उत्रिएका मानव अधिकारकार्मीहरु पक्राउ परेका छन् ।
आइतबार मानव अधिकार तथा शान्ति समितिका संस्थापक कृष्ण पहाडीसहितका २७ जना अधिकारकर्मीहरु पक्राउ परेका हुन् । उनीहरुले पीडकलाई सजाय र पीडितलाई न्याय हुनेगरी टीआरसी विधेयक टुंगोमा पुर्याउनुपर्ने, जनयुद्द दिवसको बिदा खारेज गर्नुपर्ने लगायतका माग राखेर प्रदर्शन गरेका थिए । पक्राउ परेका उनीहरुलाई बानेश्वर प्रहरी वृत तिनकुनेमा राखिएको छ ।