Logo

जसपाका प्रमुख सचेतक यादवको दाबी : नेपाल–भारत सिमा विवाद ९८ प्रतिशत हल भैसकेको छ (भिडिओसहित)



काठमाडौं, १२ कार्तिक । जनता समाजवादी पार्टी, नेपालका प्रमुख सचेतक प्रदीप यादवले सिमाविद् बुद्धिनारायण श्रेष्ठले नेपाल भ्रमणमा रहेको संयुक्त राष्ट्रसंघका महासचिवलाई नेपालको चुच्चे नक्शा दिनुपर्ने कुरालाई लिएर आपत्ति जनाएका छन् ।

उनले भने,‘अब नेपालका बुद्धिजिवीहरु घरमा बसेर दिनभरि दिमाग खियाईरहने, अनि के के गर्ने ? घरमा बसेर फेशबुक हेरेर बोल्दैमा मुलुकले निकास पाउँदैन् । स्थलगत निरीक्षण गर्नुपर्छ । त्यो ठाउँमा जानुपर्छ । बास्तविक विवाद के हो भनेर ? जबसम्म स्थलगत निरीक्षण हुँदैन, ठाउँमा गईँदैन, अनि त्यहाँका नागरिकसँग सोधिँदैन् ? त्यहाँको समस्या के हो बुझिँदैन्, तबसम्म समाधान हुँदैन् । यो कुरा दुवै देशका मान्छेले कुटनीतिक तरिकाले पहल गरेर समाधान गर्ने कुरा हो । फेशबुकमा लेखेर, कसैलाई गाली गरेर कसैलाई व्यंग्य हानेर निकास हुँदैन् । हो, संयुक्त राष्ट्रसंघका महासचिव नेपाल भ्रमणमा आउनुभएको छ, हामीले उहाँलाई राम्रो र सकारात्मक सन्देश दिएर पठाउनुपर्छ । किनकी शान्ति प्रक्रियाको कुरा अहिले टुँगोमा पुगेको छैन् । द्धन्द्ध त एक किसिमको समाप्त भयो । युद्धविराम भएर देश शान्ति प्रक्रियामा गैसकेको छ । तर, कानूनी प्रक्रियामा शान्ति प्रक्रिया टुँगो लागेको छैन् । यसमा सबै दल एकजुट छौं भनेर सन्देश दिनुपर्छ ।’ उनले नेपाल र भारतबीचको सिमा विवाद ९८ प्रतिशत समाधान भैसकेको दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot