Logo

राष्ट्रसंघका महासचिव गुटरेस र कांग्रेस सभापति देउवाबीच भेटवार्ता, यी दुई विषयमा भयो गहन छलफल



काठमाडौं,१२ कार्तिक । चार दिने औपचारिक नेपाल भ्रमणमा आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटरेस र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

आइतबार अपराह्न नयाँ बानेश्वरमा भएको भेटवार्तामा सभापति देउवासँगै नेता शेखर कोइराला पनि सहभागी रहेका थिए।

भेटमा उनीहरूले नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तनलगायत विषयमा गहन छलफल भएको भेटमा सहभागी भएको बताईएको छ । भेटवार्तामा देउवा र कोइरालाका अतिरिक्त उपसभापतिसमेत रहेका कानुन मन्त्री धनराज गुरूङ र परराष्ट्र मन्त्री एनपी साउद पनि सहभागी थिए।

शनिबार राती नेपाल आएका गुटेरेसले आजै परराष्ट्रमन्त्री एनपी साउद, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का लगायतसँग भेटवार्ता गरेका थिए । उनले आजै राष्ट्रपति रामचन्द्र पौडेल र नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यसूची तय भएको छ । उनले लुम्बिनी र पोखराको भ्रमण गर्नुकासाथै कार्तिक १४ गते संघीय संसद्को दुबै सदनलाई सम्बोधन गर्नेछन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot