Logo

एमाले नेता चढेको गाडी काभ्रेमा दुर्घटना, २ पूर्व सांसदसहित ११ जना घाईते



काठमाडौं,१२ कार्तिक । नेकपा एमालेका नेताहरु सवार गाडी दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । बा १४ च ७०७७ नम्बरको बोलेरो गाडी काभ्रेको बेथानचोक नजिकै निगाले भन्ने स्थानमा दुर्घटनामा परेको हो ।

आइतबार अपह्रान्न काभ्रेको बेथानचोकमा दुर्घटना हुदा एमाले केन्द्रीय सदस्य तथा पूर्व सांसद नविना लामा, संविधान सभाका सदस्य रामहरि सुवेदी, एमाले बागमती प्रदेश कमिटी उपसचिव भक्तकुमारी लामा लगायतका ११ जना घाइते भएका छन् । घाइतेमध्ये ७ जनालाई थप उपचारका लागि धुलिखेल लगिएको बताईएको छ । पार्टी कामको सिलसिलामा नेताहरु बेथानचोक पुगेका थिए ।



प्रतिक्रिया दिनुहोस्