Logo

ईसेवाको कर्मचारी हुँ भन्दै ठगी गर्ने ५ जना पक्राउ



काठमाडौं,१२ कार्तिक । ईसेवाको आधिकारीक कर्मचारी हुँ भन्दै १५ लाख २० हजार ९ सय रूपैयाँ ठगी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्।

विभिन्न मोबाइल नम्बरहरूबाट फोन सम्पर्क आइडी बैंक खातासँग लिंकअप तथा खाता नविकरण लगायतका सेवा उपलब्ध गराउने भन्दै झुक्याएर रकम ठगी गर्ने गरेको आरोपमा प्रहरीले रौतहटको विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रौतहटको गौर नगरपालिका-५ का २६ वर्षीय नवनित कुमार कुशवाहा, सोही वडाका २१ वर्षीय कन्हैया कुमार कुशवाहा, रौतहटकै गढिमाई नगरपालिका-६ का १९ वर्षीय दिपेन्द्र कुमार यादव, गौर नगरपालिका-५ का २० वर्षीय अभय कुमार यादव र सोही वडाका २१ वर्षीय रितेश कुशवाहा हुन्।

उनीहरूलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले कात्तिक ५ गते रौतहट विभिन्न ठाउँबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो।

उनीहरूविरूद्ध १५ लाख २० हजार रूपैयाँ ९ सय रूपैयाँ ठगी गरेको भन्दै १८ जनाले उजुरी दिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । सोही उजुरीको आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।

उनीहरूलाई ठगीसम्बन्धी कसुरमा पक्राउ गरिएको हो। पाँचै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्