Logo

नेपाललाई फिल्डिङको मौका



काठमाडौं, कार्तिक १३ । आइसिसी टी–२० विश्वकप एसिया फाइनल छनोटमा सिंगापुरविरुद्ध नेपालले फिल्डिङको मौका पाएको छ ।

टस हारेर फिल्डिङ पाएको नेपाल अहिले ९ बजेदेखि सिंगापुर विरुद्द भिड्दैछ । कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने खेलमा नेपालले त्रिकोणात्मक टी–२० सिरिजको फाइनल खेलमा यूएईविरुद्धको प्लेइङ–११ मा ललित राजवंशीलाई विश्राम दिएर सन्दीप लामिछानेलाई मौका दिएको छ ।

नेपाल सिंगापुरविरुद्ध सहज जित निकाल्दै प्रतियोगितामा सानदार सुरुवात गर्ने सोचमा छ । फाईल फोटो



प्रतिक्रिया दिनुहोस्

Screenshot