काठमाडौं, कार्तिक १३ । आज एकैपटक दुई वटा संसदीय समितिको बैठक बसिरहेको छ । दुई वटै समितिको बैठक बिहान ११ बजेदेखि सिंहदरबारमा जारी छ ।
जारी पूर्वाधार विकास समितिको बैठकमा दशैँ, तिहार तथा छठ लगायतका पर्वहरुमा देशभर ठूलो संख्यामा यात्रुहरुको आवत जावत हुने हुँदा सडक पूर्वाधारको अवस्था र यात्रुहरुलाई सहज रुपमा यातायातको प्रवन्ध गर्न दिएको निर्देशन र सो सम्बन्धमा मन्त्रालयले गरेको कामको समिक्षा, ललितपुर ग्वार्कोस्थित फ्लाई ओभर, कालिमाटीस्थित विष्णुमती खोलामा निर्माण सम्पन्न भइ सञ्चालनमा नरहेको पुल र चक्रपथ विस्तार आयोजना अन्तर्गतको कलंकीदेखि वसुन्धरा क्षेत्रको स्थलगत निरीक्षणका बारेमा छलफल भइरहेको छ ।
त्यस्तै विधायन व्यवस्थापन समितिको बैठकमा राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ माथि छलफल भइरहेको जनाइएको छ ।