Logo

सिंगापुरले दियो नेपाललाई १४६ रनको विजयी लक्ष्य



काठमाडौं,१३ कार्तिक । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट फाइनल अन्तर्गत सिंगापुरले नेपाललाई जितका लागि १४६ रनको विजयी लय प्रस्तुत गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर सुरुवातमा ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन जोडेको हो । उसका लागि रोहन रेन्गाराजनले सर्वाधिक ४६ रन बनाए । ३० बल सामना गरेका उनले ९ चौका र एक छक्का हिर्काउँदै ४६ रन बनाएका हुन् । त्यस्तै आर्यावीर चौधरीले ४२ रन थपेको खेलमा ६ चौका हिर्काए । त्यस्तै मनप्रित सिंहले २०, अक्षय रुपक पुरीले १३, र जनक प्रकाशले ७ रन थपे

बलिङतर्फ नेपालका अविनाश बोहराले तीन विकेट लिए । ४ ओभर बलिङ गरेका बोहराले ४३ रन खर्चेर तीन विकेट लिए । भने गुलसन झा र सन्दीप लामिछानेले र करण केसीले समान दुई विकेट लिए। १४६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले केही समयमा जवाफी ब्याटिङ थाल्नेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot