Logo

शान्ति प्रक्रियाका बाँकी कामका नाममा राष्ट्रसंघलाई नेपाली राजनीतिमा पुनः निम्त्याउने अत्यन्त घातक : रिजाल



काठमाडौं, १३ कार्तिक । नेकपा (एमाले) का प्रभावशाली नेता विष्णु रिजालले नेपालको शान्ति प्रक्रियाको बाँकी कामका नाममा राष्ट्र संघलाई नेपालको राजनीतिमा पुनः निम्त्याउनु अत्यन्त घातक र दुर्भाग्यपूर्ण हुने बताएका छन् ।

हिजो अनमिनका नाममा प्रक्रिया लम्ब्याएर माओवादी लडाकुकको व्यवस्थापन गर्नै नदिएको र पछि अनमिनलाई विदा गरेपछि मात्र लडाकु समस्या समाधान भएको अनुभव पनि सुनाएका छन् ।

उनले फेशबुकमा लेखेका छन्-

‘शान्ति प्रक्रियाका बॉकी काम’ का नाममा राष्ट्र संघलाई नेपालको राजनीतिमा पुन: निम्त्याउनु अत्यन्त घातक र दुर्भाग्यपूर्ण हुन्छ । अनमिनका नाममा प्रक्रिया लम्ब्याएर माओवादी लडाकुको व्यवस्थापन गर्नै नदिएको र अनमिनलाई विदा गरेपछि मात्र लडाकु समस्या समाधान भएको अनुभव हामीसँगै छ । प्रकिया लम्ब्याउने, कर्मचारीले आफ्नो आय-आर्जनलाई मुख्य ध्यान दिने, अर्कै ठाउँका सन्दर्भमा बनेको म्यानुअललाई जबर्जस्ती लागू गर्न खोज्ने र समस्यालाई थप जटिल बनाउने काम मात्र हुन्छ । अतः सत्य निरुपण तथा मेलमिलाप पीडितलाई ध्यानमा राखेर हामी आफैंले गर्ने हो, विदेशीले आएर हामीलाई कहॉनेर दुख्यो भन्ने थाहा पाउँदैन । मुख्य समस्या देशको मुख्य कार्यकारी नै पीडितका होइन, पीडकका पक्षमा भइदिए पछि अरूले जति कोशिस गरे पनि समस्या समाधान हुन्न ।



प्रतिक्रिया दिनुहोस्