Logo

८४ रन बनाउँदा गुम्यो नेपालको पहिलो विकेट



काठमाडौं,१३ कार्तिक । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट फाइनल अन्तर्गत सिंगापुरविरुद्ध नेपालले पहिलो विकेट गुमाएको छ ।

१४६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ९ दशमलव १ ओभरमा पहिलो विकेट गुमाएको हो । पहिलो विकेटका रुपमा नेपालले आसिफ शेखलाई गुमाएको हो । उनी २७ रनमा अक्षय रुपक पुरीको बलमा आउट भए । उनले ओपनर कुशल भूर्तेलसँग मिलेर ८४ रनको साझेदारी गरेका थिए ।

आसिफ आउट भएसँगै नेपालका क्रिजमा कप्तान रोहितकुमार पौडेल आएका छन् । ताजा अवस्थामा नेपालले १० ओभरमा १ विकेट गुमाएर ९४ रन बनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot