Logo

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले रास्वपाका नेताहरुसँग नभेट्ने



काठमाडौं, १३ कार्तिक । नेपालको चार दिने भ्रमणमा हिजो नेपाल आईपुगेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल बसाईमा कार्यतालिका व्यस्त छ । नेपाल ओर्लिएकै दिन महासचिव गुटेरेस र परराष्ट्रमन्त्री एनपी साउदबीच भेटवार्ता भएको हो । आइतबार बिहान काठमाडौं आइपुगेका महासचिव गुटरेस र मन्त्री साउदबीच आइतबार दिउँसो सिंहदरबारमा भेटवार्ता भएको हो।

लगत्तै महासचिव गुटरेसले उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग भेट गरेका थिए । उपप्रधानमन्त्री खड्कासँगको भेटवार्तापछि उनले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका हुन् ।

गुटेरेसले हिजो (आइतबार) नै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, सभामुख देवराज घिमिरेसँग भेटेका थिए । संसद् भवनमा भएको उक्त भेटवार्तापनि उनी सिधै राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शितलनिवास पुगेका थिए । महासचिव गुटेरेसको सम्मानमा प्रधानमन्त्री दाहालले हिजो नै रात्रिभोजको आयोजना गरेका थिए ।

उक्त रात्रिभोजमा पूर्व प्रधानमन्त्रीहरु, मन्त्रीहरु र कुटनीतिज्ञहरुको उपस्थिति रहेको थियो । गुटेरेस आजै सगरमाथा क्षेत्र र लुम्बिनी पुग्दैछन् । उनी आजै पोखार पनि जाने कार्यक्रम रहेको छ । भोलि संघीय सदनमा विशेष सम्बोधन गर्ने कार्यतालिका छ । महासचिव गुटेरेसले साना दलका नेताहरुलाई भने भेट्ने कार्यक्रम नरहेको बुझिएको छ । रास्वपाका सभापति रवि लामिछानेसँग पनि उनले नभेट्ने बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्