काठमाडौं,१३ कार्तिक । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर दिपेन्द्र सिंह ऐरीले टी–२० विश्वकपको एसियाली छनोटका सबै खेल गुमाउने संभावना बढेको छ ।
सोमबार सिंगापुरसँगको खेलअघि अभ्यास गर्ने क्रममा ऐरी घाइते भएका थिए । उनलाई तत्कालै ललितपुरको मेडिसिटि अस्पतालमका लगिएको थियो । त्यहाँ उपचारपछि उनी बैसाखी टेकेर टियू क्रिकेट मैदान फर्किएका थिए । प्रतियोगिताको अवधि एक हप्ता मात्रै हुँदा दीपेन्द्रले पूरा प्रतियोगिता गुमाउने उच्च सम्भावना रहेको क्यान स्रोतले बताएको छ ।
दीपेन्द्र नेपालका प्रमुख खेलाडी हुन् भन्दा अन्यथा हुनेछैन् । उनले ब्याटिङ, बलिङ र फिल्डिङमा लगातार शानदार प्रदर्शन गर्दै आएका छन् । नेपालका टी २० आईका सर्वाधिक सफल र उच्च लयमा रहेका दीपेन्द्र नहुँदा नेपाललाई ठूलो झड्का लाग्ने निश्चित रहेको छ ।
दीपेन्द्रले यसै साता त्रिकोणात्मक सिरिजमा युएई र हङकङविरुद्ध पनि सानदार प्रदर्शन गरेका थिए । उनले पाँच खेलमा २०, ४०, ५७ र ३४ रन बनाएका थिए । हङकङसँगको खेलमा भने उनले ब्याटिङ गर्नु परेन। । त्यसैले उनको ठाउँमा सिंगापुरसँगको खेलमा विवेक यादवलाई प्लेइङ ११ मा राखिएको थियो , यद्यपि विवेक मैदान छिर्नु अघिनै नेपालले खेल जितेको थियो ।
ऐरीले गत महिना चीनमा सम्पन्न एसियाडमा मंगोलियाविरुछ ९ बलमा अर्धशतक पूरा गरेर दुलर्ब विश्व कीर्तिमानसमेत बनाएका थिए ।
पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले हराएको नेपालले भोलि दिउँसो साव १ बजे मलेसियासँग खेल्ने छ ।