Logo

भारतमा प्रार्थना सभामा भएको विस्फोटमा मर्नेको सङ्ख्या तीन पुग्यो



तिरुवनन्तपुरम (भारत), १३ कात्तिक । भारतमा एउटा ईसाई प्रार्थना सभाका क्रममा घरेलु बम विस्फोटबाट मर्नेको सङ्ख्या बढेर तीन पुगेको प्रहरीले सोमबार बताएको छ । अधिकारीहरूले बम विस्फोट गराएको दावी गर्ने एक व्यक्तिसँग सोधपुछ गरेको बताइएको छ ।

आइतबार बिहान दक्षिणी राज्य केरलको एउटा कन्भेन्सन सेन्टरमा दुई हजारभन्दा धेरै यहोवाका साक्षीहरूको तीन दिने बैठक चलिरहेको बेला विस्फोट हुँदा आगोको गोला भिडमा परेको थियो ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानबाट विस्फोट तत्कालिक विस्फोटक उपकरणमार्फत भएको थियो । विस्फोटबाट एक महिलाको तत्काल मृत्यु भएको थियो भने अर्की महिलाको चोटका कारण धेरै घन्टापछि मृत्यु भएको थियो ।

स्थानीय सहायक प्रहरी आयुक्त पीभी बेबीले शरीरका धेरै भाग जलेका कारण एक १२ वर्षीय बालिकाको मृत्यु भएको जानकारी दिए ।

बन्दरगाह कोच्ची सहर नजिकै कलामासेरीमा विस्फोट भएको थियो । केही घन्टापछि एक व्यक्तिले सामाजि सञ्जालमा सन्देश जारी गर्दै र टेलिभिजन च्यानलहरूमा प्रसार भएपछि आत्मसमर्पण गरेका थिए । उनले आफूलाई चर्चको असन्तुष्ट सदस्य भएको दावी गरेका थिए । रासस



प्रतिक्रिया दिनुहोस्