काठमाडौं, १३ कार्तिक । नेपालमा सबैभन्दा बढी एक तले घर रहेको पाईएको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले सोमबार सार्वजनिक गरेको विवरण अनुसार नेपालभर ७५ लाख ५२ हजार ६६ वटा घर एक तले रहेका छन् ।
राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कअनुसार कार्यालयले आज जारी गरेको विवरणमा कूल घरमध्ये ५९ दशमलव ८२ प्रतिशत घर एक तले रहेको उल्लेख छ ।
त्यस्तै, दोस्रोमा दुई तले घर परेका छन् । २८ दशमलव ७८ प्रतिशत दुई तले, ९ दशमलव १७ प्रतिशत तीन तले, एक दशमलव तीन प्रतिशत चार तले, शून्य दशमलव ६४ प्रतिशत पाँचदेखि सात तले, शून्य दशमलव ०१ प्रतिशत आठदेखि ९ तले रहेका छन् ।
१० तलेभन्दा माथि शून्य दशमलव ००३ प्रतिशत घर पाइएको कार्यालयको भनाई छ । कूल ६६ लाख ६० हजार ८४१ परिवारमध्ये १० दशमलव २७ प्रतिशत परिवारले आवास निर्माणका लागि सरकारी अनुदान लिएको कार्यालयले जनाएको छ ।
त्यस्तै देशभरका कुल ६६ लाख ६० हजार ८४१ परिवारमध्ये २५.५९ प्रतिशत परिवारले कुनै बैंक तथा वित्तीय संस्था वा सहकारीबाट ऋण लिएको देखिएको छ । सबैभन्दा बढी मधेश प्रदेशमा २८.८८ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा २१.९६ प्रतिशतले ऋण लिएको तथ्यांकमा उल्लेख गरिएको छ ।