काठमाडौं,१४ कार्तिक । आईसीसी टी-२० क्रिकेट अन्तर्गत एसिया क्षेत्रको फाइनल चरणको खेलमा मलेसियाले दिएको १६६ रनको लक्ष्य पछ्याएको नेपाललाई पहिलो झट्का लागेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले पहिलो विकेटको रुपमा कुशल भूर्तेललाई गुमाएको हो । २५ बलको सामना गरेका भूर्तेलले ४ चौका र ४ छक्का हानेका थिए ।
ताजा अवस्थामा नेपालले ६ ओभरमा १ विकेट गुमाएर ५९ रन बनाएको छ ।