Logo

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसले सम्बोधन गर्ने संसद् भवन यसरी सिंगारियो (फोटोफिचर)



काठमाडौं, १४ कार्तिक । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अहिले चार बजे संघीय संसदको दुबै सदनलाई सम्बोधन गर्दै आएका छन् । महासचिव गुटेरेसले नेपालको सङ्घीय संसदको दुबै सदनलाई आज अपराह्न ४ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।

सचिवालयका प्रवक्ता एकराम गिरीले सभामुखको अध्यक्षतामा संयुक्त बैठक सञ्चालन हुने बताए । बैठक प्रारम्भ भएसँगै संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसले सम्बोधन गर्ने कार्यसूचि रहेको छ । गुटेरेसको सम्बोधन लगत्तै सोही बैठकले महासचिव गुटेरेसलाई धन्यवाद ज्ञापन प्रस्ताव पारित गर्ने कार्यतालिका छ।

बैठक भने संसदको अभ्यासअनुसार सुरु हुनेछ । दुवै सभाको संयुक्त बैठक सञ्चालन नियमावलीले तोके बमोजिम बैठक सञ्चालन हुने र सभामुख देवराज घिमिरेले अध्यक्षता गर्दै बैठक सञ्चालन गर्ने जनाईउको छ। महासचिव गुटेरेसले सदनलाई सम्बोधन गर्ने भएपछि अहिले संघीय सदनलाई चिटिक्क बनाएर सजाईएको छ ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्