काठमाडौं, १४ कार्तिक । नेपालको चारदिने भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भेटवार्ता गरेका छन् ।
आज दिउँसो गृह मन्त्रालयमा भएको भेटमा उनीहरुबीच जलवायु परिवर्तन, एसडीजी, राष्ट्रसंघीय शान्ति स्थापनामा नेपालको भूमिकालगायतका नेपाल-संयुक्त राष्ट्रसङ्घीय साझेदारीका विविध विषयमा छलफल भएको जनाइएको छ ।
महासचिव गुटेरेसले गृहमन्त्री श्रेष्ठसँग काठमाडौं आएकै दिन भेट्ने भनिएको थियो । तर, गृहमन्त्री श्रेष्ठको स्वास्थ्यको कारण भेटवार्ता पछाडि धकेलिएको थियो । आजै महासचिव गुटेरेसले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई पनि भेटेका छन् ।