Logo

शान्ति प्रक्रिया निश्कर्षमा पुर्याउन तत्कालीन राज्य पक्ष बढि जिम्मेवार हुनुपर्छः चित्रबहादुर केसी



काठमाडौं, १४ कात्तिक । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य चित्रबहादुर केसीले शान्ति प्रक्रिया निश्कर्षमा पुर्याउनका लागि तत्कालीन राज्य पक्ष बढि जिम्मेवार हुनुपर्ने आवश्यकता औंल्याएका छन् ।

आज (मंगलबार) संघीय संसद्को संयुक्त बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले राज्य पक्षले द्वन्द्वकालमा धेरै अपराध गरेको आरोप लगाए ।

‘शान्ति प्रक्रिया निश्कर्षमा पुर्याउन राज्य पक्ष बढि जिम्मेवार छ । राज्य पक्षबाट धेरै अपराधहरु भएका छन् । मेरै पार्टीका कार्यकर्ताहरु राज्यपक्षले मारेको छ,’– उनले भने ।

सांसद् केसीले माओवादीको गतिविधिको विरोध गर्दा आफूले भोग्नु परेको यातना पनि स्मरण गरे । साथै, शान्ति प्रक्रिया निश्कर्षमा पुर्याउन तत्कालीन राज्यपक्ष र विद्रोही पक्ष दुवै अहिले सरकारमा हुँदा समस्या भएको उनको टिप्पणी छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot