Logo

नवलपरासीमा सञ्चालित विभिन्न आयोजनाहरुबारे सरोकारवाला बीच छलफल



नवलपरासी, वैशाख २० । सरकारी कार्यालय मार्फत पश्चिम नवलपरासीमा सञ्चालित विभिन्न आयोजनाहरुबारे सरोकारवाला बीच छलफल गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा आयोजित छलफलमा जिल्लामा सञ्चालित विकास निमार्णका कार्यहरुको पछिल्लो अवस्था र आगामी योजनाबारे छलफल गरिएको हो।

छलफलमा सहभागी हुदै संघीय सांसद बिनोद चौधरीले जिल्लामा सरकारी निकायबाट संचालनमा आएका हरेक योजनाहरुको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिए। उनले विभिन्न विकास निमार्णको काम गर्न निजी निमार्ण कम्पनीहरुले ठेक्का लिएपनि समयमै विकास आयोजनाहरुको काम गर्न नसकेको प्रति चिन्ता ब्यक्त गरे ।

कार्यक्रममा पुर्व सांसद एवंम् पुर्व गृह राज्य मन्त्री देवेन्द्रराज कण्डेलले एकद्धार प्रणालीबाट बिकास निमार्णको काम अघि बढाउनुपर्नेमा जोड दिए । उक्त अवसरमा जिल्लामा कार्यालय नरहेका प्रदेश अथवा संघीय कार्यालय मातहातका कार्यालयको जिल्लामा नै कार्यालय स्थापना गर्न पहल गर्ने, जिल्लामा सञ्चालित ठुला बिकासका निमार्णका आयोजनाको काम समयमै समपन्न गर्न आवश्यक समन्वय गर्ने, सबै कार्यालयको ब्यवस्थित कार्य योजना तयार गर्ने, आगामी बर्षको बजेट ब्यवस्थापनका लागी संघीय सरकार र प्रदेशीक सरकार संग पहल गर्ने, रासायनिक मलको समस्या समाधान गर्न, आवश्यक स्थानमा पहल गर्ने लगायतका बिषयबस्तुमा छलफल भएको छ ।

कार्यक्रममा प्रदेशसभा सदस्यद्धय बैजनाथ जयसवाल, देवकरण प्रसाद कलवार सन्तु, जिल्ला समवन्य प्रमुख भगौती यादव, प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी, विभिन्न पालिकाका प्रमुखहरु, सरोकारवाला कार्यालयका प्रमुखहरु लगायतका अन्य सरोकारवालहरुको सहभागीता रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot