Logo

हल्का वर्षा र हिमपातको सम्भावना



काठमाडौं, कार्तिक १५ । अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावले हाल कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक बदली रहने छ । देशका पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ । आज राति भने देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्