Logo

एमालेको चियापान आज, माधव-झलनाथले पनि पाए निम्ता



काठमाडौं,१५ कार्तिक । बडादसैं, शुभ दिपावली तथा छठ पर्वको अवसरमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरेको छ ।

एमालेको केन्द्रीय मूल्यालय च्यासलमा दिउँसो सवा १२ बजेबाट सुरु हुनेछ । एमालेले चियापान कार्यक्रममा नेकपा एकीकृत समाजवादीलाई पनि बोलाइएको छ ।

२०७८ को भदौंमा एमालेबाट फुटेर नयाँ दल बनाएका नेकपा एसका अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालसँग रुष्ट बनेको एमाले अध्यक्ष ओलीले यसअघि एकीकृत समाजवादीलाई कुनै कार्यक्रममा पनि बोलाउने गरेको थिएनन् । एमालले माधव नेपाल नेतृत्वको समाजवादीलाई आफूले आयोजना गरेको कार्यक्रममा निमन्त्रणा गरेको यो पहिलो पटक हो ।

एमालेले नेकपा एसका अध्यक्ष नेपाल, महासचिव घनश्याम भुसाल र सम्मानीत नेता झलनाथ खनाललाई पत्र काटेर नै चियापान समारोहमा निमन्त्रणा गरेको छ । एमालेको चियापान समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवादेखि विभिन्न नेता तथा कूटनीतिक नियोगका पदाधिकारीलाई निमन्त्रण गरिएको छ ।

यसअघि एमालेले कात्तिक १४ गते चियापान कार्यक्रम आयोजना तयारी गरे पनि संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणलाई मध्यनजर गर्दै कार्यक्रम एक दिन पछि सारिएको थियो ।



प्रतिक्रिया दिनुहोस्