काठमाडौं,१५ कार्तिक । संसदीय सुनुवाइ विशेष समितिले क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्यालउपर उजूरी आव्हान गरेको छ ।
जेष्ठ सदस्य पशुपति शमसेर जवराको अध्यक्षतामा बसेको समतिकिो आजको बैठकले पौड्यालविरुद्ध कुनै उजुरी भए प्रष्ट कारणसहित १० दिनभित्र पेश गर्न आव्हान गरेको हो । उजुरी गर्दा उजुरीकर्ताले प्रष्टसँग सभ्य भाषामा नाम, थर, ठेगाना र सम्पर्क गर्ने माध्ययमसमेत उल्लेख गर्न समितिले आग्रह गरेको छ ।
समितिको बैठकमा बोल्दै समितिका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले प्रस्तावित राजदूत पदमा नियुक्तिका लागि सिफारिस व्यक्तिको बारेमा सर्वसाधारणलाई जानकारी दिने र प्रस्तावित पदका लागि अनुपयुक्त लागेमा सूचना प्रकाशित भएको मितिले सरकारी सञ्चारमाध्यमहरूमार्फत सूचना प्रकाशित गर्न प्रस्ताव गरेका थिए ।