Logo

क्रिकेट खेलाडीलाई प्रोत्साहन गर्दै डिशहोम,एकै खेलमा ५ विकेट र शतक पूरा गरे २० लाख दिने घोषणा



काठमाडौं,१५ कार्तिक । आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत एसिया चरणको फाइनल खेल नेपालमा जारी छ । ८ देश सहभागी छनोट खेलमा शीर्ष २ स्थानमा रहने देशले अर्को वर्ष हुने विश्वकप टी-२० को टिकट काट्ने पक्का हुनेछ ।

नेपाललाई यसपटक अर्को वर्ष हुने टी-२० विश्वकपमा छनोट हुने बलियो सम्भावना बोकेको देशको रुपमा हेरिएको छ । जारी प्रतियोगीतामा लगातार दुई खेलमा जित निकाल्दै नेपालले सेमिफाइनलको यात्रा तय गरिसकेको छ भने फाइनलमा पुगेर विश्वकपको टिकट काट्ने यात्राबाट एक कदम पछाडी रहेको छ ।

नेपाली टिमलाई दर्शकको साथसँगै विभिन्न कम्पनीहरुले नगदसहितको प्रोत्साहन गरिरहेका छन् । प्रत्येक रनको एक हजारदेखि एक विकेट लिएको २५ हजार दिनेसम्मको अर्ना बियरले उद्घोष गरेकोमा डिशहोम परिवारले पनि नेपाली क्रिकेट खेलाडीको हौसला बढाउन नगद पुरस्कार घोषणा गरेको छ।

राष्ट्रिय क्रिकेट खेलाडीहरूले मैदानमा देखाएको प्रयत्नमा खुशी व्यक्त गर्दै डिशहोमले अहिले भइरहेको आईसीसी टी-२० वर्ल्ड कप अन्तर्गत एशिया क्वालिफायर फाइनल २०२३ मा नेपाली क्रिकेट खेलाडीहरूका हरेक रन, हरेक विकेट र हरेक ‘माइलस्टोन’ मा पुरस्कार घोषणा गरेको हो।

हरेक इनिङमा नेपाली खेलाडीहरूको हौसला बढाउनको लागि एकै खेलमा शतक र ५ विकेट दुवै गरेमा रु २० लाख नगद पुरस्कारको घोषणा गर्दै कम्पनीले अन्य विभिन्न इभेन्टमासमेत पुरस्कार दिने भएको छ ।

नगद पुरस्कार पाउने आधारहरु

एकै खेलमा शतक र ५ विकेट दुवै गरेमा रु २० लाख
शतक प्रहार गरेमा रु १० लाख
५ विकेट लिएमा ५ लाख

अर्ध शतक गरेमा रु १ लाख
३ विकेट लिएमा रु १ लाख
३५ रनको लागि रु ५० हजार
३ क्याच स्टम्पिङ गरेमा रु ५० हजार।

नेपालले समूह चरणको अन्तिम खेलमा भोलि ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot