काठमाडौं,१५ कार्तिक । सोमबार दिउँसो गोली प्रहार गरे हत्या गरिएका रुपेश सरार्फको हत्या आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेर आज सार्वजनिक गरेको छ ।
बाराको कलैयास्थित बाल एकता बोडिङ स्कुलका संञ्चालकसमेत रहका सरार्फको सामेबार गोली प्रहार गरेर हत्या भएको थियो् । गोली प्रहारबाट गम्भीय घाइते भएका उनलाई अस्पताल पुर्याउनसाथ डाक्टरले मृत घोषणा गरेका थिए ।
पक्राउ पर्नेहरूमा कलैया उपमहानगरपालिका-२ बस्ने राधा गुप्ता, जाबेर अख्तर, चन्दन यादव, रियाज अन्सारी र अभिनव कुमार सिंह रहेकोे प्रहरी उपरीक्षक सुरेश काफ्लेले पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।
रुपेशको हत्यामा संलग्न तथा मूख्य योजनाकार मानिएका मनोज गुप्ता भने भारतमा रहेको र उनी फरार रहेको प्रहरीको भनाई छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पक्राउ परेकी राधा र रुपेशबचको अनैतिक सम्बन्ध भएको बताईएको छ । घटनाबारेमा अझैपनि थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।