Logo

नेपालका लागि भारत र चीनका राजदूतपनि पुगे एमालेको चियापानमा



काठमाडौं,१५ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दसैं, तिहार, नेपाल संवत र छठ पर्वको अवसर पारेर आज चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ ।

एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केप शर्मा ओलीले आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री, पूर्व प्रधानमन्त्रीहरु, विभिन्न दलने शीर्ष नेता तथा कूटनीतिक नियोगका प्रमुखलगायतका नेता कार्यकर्ताको उल्लेख्य सहभागीता रहेको थियो ।

एमालेको चियापान कार्यक्रममा नेपालका लागि भारतका राजदूत नविन श्रीवास्तव र चीनका राजदूत चेन सोङपनि सरिक भएका छन् ।

राजदूत श्रवास्तव र सोङलाई एमाले अध्यक्ष केपी शर्मा ओलीसँगै उपाध्यक्ष युवराज ज्ञवाली अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, महासचिव शंकर पोखरेललगायतले स्वागत गरेका थिए ।

एमालेले प्रत्येक वर्ष दशैं, तिहारको अवसरमा चियापान तथा शुभकामना कार्यक्रमको आयोजना गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्