Logo

टी-२० विश्वकपमा छनोट भए नेपाली क्रिकेट टिमलाई १५ लाख दिने नोवेल मेडिकल कलेजको घोषणा



काठमाडौं,१५ कार्तिक । विराटनगरमा रहेको नोवेल मेडिकल कलेजले आइसीसी टी-२० विश्वकप क्रिकेटमा छनोट भए नेपाली क्रिकेट टिमलाई एकमुष्ट पुरस्कारस्वरुप १५ लाख दिने घोषणा गरेको छ ।

मेडिकल कलेजले आज नेपाल क्रिकेट संघ क्यानलाई एक पत्र लेख्दै खेलाडीलाई प्रोत्साहन गर्न यस्तो घोषणा गरेको जनाएको छ । कलेजले टी २० विश्वकपमा छनोट भए १५ लाख र फाइनलसमेत जितेमा थप ५ लाखसमेत दिने घोषणा गरेको छ ।

‘फाइनलमा नेपाली राष्ट्रिय टोलीले प्रवेश गरी विश्वकपमा छनौट हुन सफलता प्राप्त होस् भन्ने कामनाका साथ विजय हासिल भई विश्वकपमा छनौट हुन सफल भएमा नेपाली राष्ट्रिय टोली (अफिसियल सहित) लाई प्रोत्साहन स्वरुप एकमुष्ट रु १५,००,००० (अक्षरुपी रु पन्ध्र लाख) पुरस्कार स्वरुप प्रदान गरिने यसै पत्र साथ घोषणा गरिएको व्यहोरा अनुरोध छ।’

‘साथै आईसीसी मेन्स टी -२० वर्ल्ड कप २०२४ एशिया छनौटको फाइनल खेलमा समेत विजयी भएको अवस्थामा थप रु ५,००,००० (अक्षरुपी रु पाँच लाख) समेत प्रदान गरिने पनि जानकारी गरिएको छ।’

नेपालले समूह चरणको अन्तिम खेलमा भोलि ओमानसँग खेल्दैछ । नेपाल र ओमन यसअघिनै सेमिफाइनलमा पुगिसकेका छन् । ८ टिम सहभागी रहेको प्रतियोगीतामा शीर्ष २ मा रहने टिमले अर्को वर्ष हुने टी-२० विश्वकपमा स्थान सुरक्षित गर्नेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot