Logo

टस जितेर पहिला फिल्डिङ गर्दै नेपाल



काठमाण्डौ, कार्तिक १६ । नेपालले आईसीसी टी–२० विश्व कप एसिया क्षेत्र छनोटमा ओमानसँगको खेलमा टस जितेको छ ।

कीर्तिपुरको त्रिवि मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेका छन् । ओमानले पहिला ब्याटिङ गर्नेछ । खेल ९ बजेदेखि शुरु हुनेछ । समान दुई खेलमा ४ अङ्क भए पनि ओमान नेटरनरेटका कारण शीर्षस्थानमा छ ।

नेपालले ओमानसँग समूह ‘ए’ को अन्तिम खेल खेल्न लागेको हो । प्रतियोगितामा नेपालले सिङ्गापुरलाई ८ विकेट र मलेसियालाई ६ विकेटले हराएको थियो । ओमानले मलेसियालाई ३२ र सिङ्गापुरलाई २२ रनले हराएको थियो । नेपाल र ओमानबीचको खेलले समूह ‘ए’ को विजेता तय गर्नेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot