काठमाडौं, कार्तिक १६ । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ । मन्त्रिपरिषद्को नियमित बैठक मंगलबार बस्दै आए पनि संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको चार दिने नेपाल भ्रमणका कारण यो पटक बिहीबार बसेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी बैठकले सरकारका नियमित कामकारबाहीबारे निर्णय गर्नुका साथै संसद्को बर्खे अधिवेशन अन्त्य गर्ने निर्णय गर्ने बताइएको छ । सरकारले अधिवेशन अन्त्य गर्ने निर्णय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने व्यवस्था छ ।