काठमाडौं,१६ कार्तिक । आईसीसी टी-२० विश्वकप क्रिकेटको एसिया छनोटमा नेपालविरूद्ध ब्याटिङ गरिरहेको ओमानले छैंटौं विकेट गुमाएको छ ।
टस हारेर सुरुमा ब्याटिङ गरेको ओमानले ताजा अवस्थामा १४ ओभरमा ६ विकेट गुमाएर ८७ रन बनाएको छ । नेपालका सन्दीप लामिछानेले ओमानको लगातार २ विकेट लिएका छन् । सन्दीपले मेहरान खान र आयान खानलाई आउट गरेका हुन् ।
यस्तै ओमानविरुद्ध सोमपाल कामीले २ तथा करन केसी र गुल्सन झाले १-१ विकेट लिएका छन् ।
यसअघि भएको खेलमा दुवै टोली अपराजित रहँदै समान चार अङ्क जोडेका छन् । तर ओमान नेटरनरेटका आधारमा शीर्षस्थानमा छ भने नेपाल दोस्रो स्थानमा छ ।
प्रतियोगितामा दुवै टोली एक खेलअगावै समूह ए बाट सेमिफाइनलमा पुगिसकेका छन् । आजको खेलले समूहको विजेता र उपविजेताको टुङ्गो लाग्नेछ ।