काठमाडौं,१६ कार्तिक । आईसीसी टी-२० विश्वकप क्रिकेटको एसिया छनोटमा नेपालले पहिलो विकेट गुमाएको छ ।
१४६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २ दशमलव १ ओभरमा पहिलो विकेट गुमाएको हो । बिलाल खानले आसिफ शेखलाई कट एण्ड बोल्ड गरे ।उनी ५ रनमा आउट भएका हुन । उनले १ चौका हिर्काएका थिए ।
अघिल्लो ओभरको अन्तिम बलमा छक्का हान्ने प्रयास गर्दा क्याच ड्रप भएर आसिफले जीवनदान पाएका थिए । तर, यसलाई उनले सदुपयोग गर्न सकेनन् ।
नेपालले १३ बलमा पहिलो विकेट गुमाएको छ । तेस्रो नम्बरमा ब्याटिङ गर्न सोमपाल कामीलाई पठाइएको छ ।
यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर सुरुमा ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १४५ रन जोडेको थियो ।